भ्रष्टाचारमा संलग्न कसैलाई पनि छोडिने छ‌ैन:प्रधानमन्त्री

काठमाडौं असोज १ / प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले अब कडा कदम चाल्ने बताएका छन्। सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको शिलान्यास कार्य्रकममा बोल्दै प्रम ओलीले अब नबहकिइ विकास र समृद्धिमा लाग्‍नुपर्नेमा जोड दिए। अब हामी बहकिनु हुन्‍न। राजनीतिक आन्दोलन सकिएको छ,अब विकास र समृद्धिमा अगाडि बढ्नुपर्छु, ओलीले भने,अब भ्रष्टाचारको विरोधमा जानुपर्ने हुन्छ।

फाईल तस्विर

भ्रष्टाचारमा संलग्न कसैलाई पनि छोडिने छ‌ैन। सरकार भ्रष्टाचारप्रति शून्य सहनशीलता लिएर अघि बढ्छ। अब कडा कदम चाल्न हो।ु पछिल्लो समय गणतन्त्रमाथि खतरा भएको हल्ला चलाइएको बताउँदै ओलीले त्यस्तो भएमा सरकार चुप लागेर नबस्‍ने दाबी गरे। केही मान्छेहरू देशलाई प्रतिगमनमा फर्कार्नन सकिन्छ कि भनेर लागेका छन्।

जबसम्म डमरूमाथि खतरा हुन्‍न भन्ने लाग्छ तबसम्म बघिनी चुप बस्छु, उनले भने, त्यस्तै लोकतन्त्र र गणतन्त्रमाथि खतरा आयो भने सरकार चुप लागेर बस्दैन। त्यसका लागि तीव्र विकासलाई अगाडि बढाउँछौं। उनले गणतन्त्रमाथि जोखिम भएमा सरकारले नियन्त्रणकारी भूमिका खेल्ने पनि बताए । ुयदि त्यस्तो भयो भने हामीले नियन्त्रणकारी भूमिका पनि खेल्नुपर्ने हुनसक्छु, उनले थपे,अब देशमा हिंसाको कुनै ठाउँ नै छैन। यो बिलकुल वितण्डाको बाटो मात्रै हो।देशले सबै राजनीतिक उपलब्धि गरिसकेकाले अब हिंसाको कुनै अर्थ नभएको उनले बताए।

हिंसामा गएर के प्राप्ति गर्ने होरु संघीयता, आवधिक निर्वाचन, लोकतन्त्र, गणतन्त्र सबै प्राप्त भइसकेका छन् ओलीले भने, ुहिंसा लुटपाट र जनतालाई दुस्ख दिने काम सह्‍य हुँदैन।ु उनले अब हत्या हिंसा छाडेर देश विकासमा अघि बढ्नुपर्ने उनले बताए। ुकतिपयलाई चमडीको मायाले प्रतिबन्ध लगाउँदा किन यो गरेको भन्छन्, तर त्यो मानिँदैनु, उनले भने,अब देश विकास र सुशासनको बाटोमा जान जरुरी छ। म यसका लागि सबैलाई आह्वान गर्छु। हिंसा र वितण्डा गर्छौ भन्‍ने हो भने सरकारले नियन्त्रण गर्नुपर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस्