नेपाल एयरलाइन्समा ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौं असोज १ सरकारी ध्वजावाहक नेपाल वायु सेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ। बुधबारदेखि लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिइएकोे निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए।त्यही घोषणा कार्यान्वयन गर्ने क्रममा निगमले बिहीबारदेखि लागू हुने गरी यस्तो निर्णय गरेको प्रवक्ता चन्दले बताए।


प्रतिक्रिया दिनुहोस्