ताप्लेजुङमा संविधान दिवसको अवसरमा सरसफाई

ताप्लेजुङ असोज २ / ताप्लेजुङमा संविधान दिवसको अवसर पारेर सरसफाई गरिएको छ । विहिवार ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मे बजारमा सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा पूर्व सासंद तिलकुमार मेन्याङवो,नगर प्रमुख छत्रपति प्याकुरल, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,डिएसपी ज्ञानेन्द्र प्रसाद फुयाल,शसस्त्र प्रहरीका डिसपी यदुकुमार कार्की,सह सेनानी सञ्जीब दाहाल,प्रमुख प्रशासकिय अधिकृत महेशराज तिम्लसीना,सहायक प्रजिअ गिताकुमारी राई लगायतको उपस्थिति थिए ।

सरसफाई कार्यक्रममा भने राजनीतिक दलका , प्रहरी प्रशासन ,नागरिक समाज बाणिज्य संघका प्रमुख पत्रकार तथा प्रतिनिधिहरुको उपस्थितिरहेको थियो


प्रतिक्रिया दिनुहोस्