जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरू सक्रिय छन्:प्रचण्ड

काठमाडौं असोज ३ / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने अराजक तत्व सक्रिय रहेको बताएका छन्।

फाईल तस्विर

चौथो संविधान दिवसका अवसरमा शुभकामना दिंदै अध्यक्ष प्रचण्डले जन्तालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरु सक्रिय रहेको जिकिर गर्दै र त्यसको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन आग्रह समेत गरेका छन्। अध्यक्ष प्रचण्डले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानका खातिर जीवनोत्षर्ग गर्ने नेपाली आमाबुबाका सर्वोत्तम छोराछोरी महान् सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

यसक्रममा बेपत्ता भएका योद्धा र घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गरेका छन्। उनले संविधानका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, जनजाति, मधेसलगायत विभिन्न आन्दोलनमा सहभागी जनसमुदायमा कृतज्ञता व्यक्त गरेका छन्। अध्यक्ष प्रचण्डले संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको भन्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961