ओलाङचुङगोला लोकमार्ग निर्माणमा स्थानीय गरे अवरोध

ताप्लेजुङ, ३ असोज / दक्षिण ओलाङचुङगोला लोकमार्ग निर्माणमा स्थानीयले अवरोध गरेका छन् । फक्ताङलुङ गाउँपालिकास्थित लुङथुङका आमा समूहको अवरोधपछि १३ दिनदेखि काम ठप्प छ ।सडक निर्माणले बसाईं नै हिड्नुपर्ने अवस्था आएकाले रोकेको स्थानीय खक्चेमा शेर्पाले बताइन् । ४ घर जोखिममा रहेको उनको भनाइ छ । ‘सडकबाट खसेको माटो र ढुंगासहितको पहिरो सीधै घरमा आउँछ,’ उनले भनिन्, ‘सुरक्षाको प्रत्याभूति गरेर मात्रै खन्नुपर्छ भन्ने हाम्रो माग हो ।’

यो चीन–भारत जोड्ने रणनीतिक महत्वको सबैभन्दा छोटो दूरीको सडक हो । फुङलिङदेखि लुङथुङसम्म ७६ किलोमिटर ट्रयाक खुलिसकेको छ । काठमाडौंको एलाइट कम्पनीले दुई वर्षदेखि निर्माणको गरिरहेको छ । लुङथुङबस्तीमाथि बाटो खन्ने क्रममा गाउँ जोखिममा परेको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।

निर्माण कम्पनीले भने गाउँ जोखिममा नपर्ने र बस्तीमा सडक लानुपर्ने भन्दै रोकिएको दाबी गरेको छ । ‘गाउँ जोखिममा पर्दैन, एलाइन्मेन्टभन्दा डेढ सय मिटर तल रहेको गाउँमा झार्नुपर्ने उहाँहरूको माग छ,’ एलाइट कम्पनीका पेम्बा शेर्पाले भने, ‘हामी इस्टमेटभन्दा तलमाथि हुन सक्दैनौं ।’ स्थानीयले बारम्बार अवरोध गर्दा सोचेअनुरुप काम गर्न नपाएको उनले गुनासो गरे ।

गाउँलेले भदौ २० गते काम अवरुद्ध गरेका थिए । उनीहरूको तत्कालीन माग बस्तीतर्र्फ सडक झार्नुपर्छ भन्ने थियो। निर्माण कम्पनीका प्रतिनिधिले गाउँतर्फ सडक ल्याउने भन्दै जंगल फाँड्न लगाएको स्थानीय नारायण शेर्पाले बताए । ‘उनीहरूले नै गाउँमा सडक आउँछ, जंगल फाँड्नुस् भने,’ उनले भने, ‘हामी ढुक्क भयौं, पछि आउँदैन भनेर ढाँटे ।’

भदौ २६ गते लोकमार्ग आयोजनाका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय अगुवाको उपस्थितिमा साबिककै एलाइन्मेन्टबाट लैजाने सहमति भएको थियो । सहमति भएको भोलिपल्टै फेरि आमा समूहले रोकेका हुन् । ‘त्यसबेला ढुंगा र माटो बस्तीमा नपुग्ने गरी व्यवस्थापन गर्ने सहमति भएको थियो,’ स्थानीय पेम्बा टासी शेर्पाले भने, ‘तर बस्ती र अलैंची बगानतर्फ ढुंगा झर्न थालेपछि रोकेछन् ।’

अवरोध खुलाउन स्थानीय अगुवा र जनप्रतिनिधिसँग समन्वय गरिरहेको लोकमार्ग आयोजना प्रमुख रामबहादुर गुरुङले बताए । ‘सबै सकारात्मक हुनुहुन्छ, एक–दुई दिनभित्रै सुचारु हुन्छ,’ उनले भने ।

तमोर करिडोर बस्ती छेउबाटै जाने हुँदा अवरोध गर्नुको कारण नरहेको गुरुङको भनाइ छ । लुङथुङबाट ओलाङचुङगोलासम्म २३ किलोमिटर ट्र्याक खुल्न बाँकी छ । टिपतालाबाट ओलाङचुङगोलासम्म २३ किलोमिटर सडक दुई वर्षअघि स्थानीय आफैंले खनेका छन् । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961