माओवादी जनमुक्ति सेनाबाट आएका अधिकारी बने सहायक रथी

काठमाडौं, असोज ३ / सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी ‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर) जनरल मा बढुवा गरेको छ ।

बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सोको जानकारी दिएका हुन् ।मन्त्री बाँस्कोटाकाअनुसार महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद ९चार वर्षका लागि०सिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको होे ।

अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो ।शान्ति प्रक्रियाको केही काम अझै टुंगोमा पुग्ने अवस्थामा रहेकाले मनोबल गिर्न नदिन सरकारले यस्तो निर्णय गरेको बुझिएको छ । नेपाल समाचारपत्रबाट


प्रतिक्रिया दिनुहोस्