इरानमाथि कारवाहीबाटै जवाफ दिने साउदी अरबको चेतावनी

रियाद,असोज ५ / साउदी अरबले हालै तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको हात रहेको भन्दै जवाफी कारबाही गर्ने चेतावनी दिएका छन्।साउदी अरबका पराराष्ट्र राज्यमन्त्री आदेल अल जुबेरले इरानको हतियारहरु भेटिएको प्रष्ट पार्दै यसको छानबिन गर्ने बताएका छन् । अमेरिकाले साउदी अरबमा अमेरिकी सेना पठाएपछि रुष्ट बनेको इरानले बदलास्वरुप आक्रमण गरेको उनको भनाइ छ ।

साउदी अरबको अब्काइक तेल प्रशोधन केन्द्रमा दुई साता अघि आक्रमण हुँदा त्यसको असर विश्वभर परेको छ । यता, इरानले भने आक्रमणमा आफूहरुको संलग्नता नभएको बारम्बार दोहो¥याउँदै आएको छ ।

इरानका विदेशमन्त्री मोहमद जवाद जारिफले साउदी अरबले अनाहकमा आफूहरुलाई कारबाही गर्ने धम्की दिएको भन्दै आपत्ति समेत गरेको छ ।यसअघि साउदी अरबका राजकुमार मोहमद बिन सलमानले इरानमाथि कारबाही गर्नुपर्ने धारणा राख्दै इरानको रवैयाका कारण युद्ध निम्तन सक्ने चेतावनी समेत दिएको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्