बार्सिलोनाको २५ वर्षयताकै खराब प्रदर्शन

काठमाडौं, ५ असोज / स्पेनिस ला लिगामा बार्सिलोना फेरि अर्को खेलमा स्तब्ध बनेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोना ग्रानाडासँग २–० ले पराजित भयो । बार्सिलोनाका लागि यो पछिल्लो २५ वर्षकै खराब शुरुवात हो ।

ग्राडानाको मैदानमा स्टार खेलाडी लियोनल मेस्सी र अंसु फाटीलाई शुरुवाती ११ मा नराखेको बार्सिलोनाविरुद्ध घरेलु टिमले दोस्रो मिनेटमा गोल गर्न सफल भयो । उसका लागि अजिजले गोल गरे ।शुरुवातमा नै गोल खाएको बार्सिलोनाले त्यसपछि तीन वटा उत्कृष्ट मौका पाए पनि गोल फर्काउन सकेन र पहिलो हाफमा एक गोलले पछि पर्‍यो ।

दोस्रो हाफमा मेस्सी र फाटीलाई मैदानमा उतारे पनि गोल भने ग्रानाडाले नै गर्‍यो । बार्सिलोनाका अर्टुरो भिडालले डिबक्समा हातले बल छोएपछि पाएको पेनाल्टीलाई अल्भारो भाडिलोले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । बाँकी समयमा बार्सिलोना खेलमा फर्कन सकेन र हारको बाटो देख्यो ।यसअघि भएको खेलमा एट्लेटिको मड्रिडले पेनाल्टीको सदुपयोग गर्न नसक्दा सेल्टा भिगोसँग गोलरहित बराबरी खेलेको थियो ।

बार्सिलोनालाई स्तब्ध बनाएको ग्रानाडा सबैलाई चकित पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना लिगको सातौं स्थानमा रहेको छ । एजेन्सि


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961