नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने,

काठमाडौं असोज ५ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने भएको छ । नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते अन्तरक्रिया कार्यक्रम हुन लागेको नेकपाका स्थायी समिति सदस्य एवं स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले जानकारी दिए ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता रहने छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग, स्कुल विभाग, सङ्गठन विभागका केही नेता नेपाल आइपुगेको छ । भने विदेश विभाग प्रमुख सोङ ताओ शनिबार आइपुग्ने उपप्रमुख देवेन्द्र पौडेलले जानकारी दिए ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाको तर्फबाट कार्यपत्र प्रस्तुत हुने छ । पौडेलले भने, “प्रतिनिधिहरूले आआफ्ना पार्टीका कुरा अदानप्रदान गर्ने कार्यक्रम छ । ’’ कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट तीन जना र नेकपाका तर्फबाट तीन जनाले मुख्य अवधारणा राख्ने तयारी भएको छ ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम उद्घाटन गर्ने भएको छ भने कार्यक्रमको अध्यक्षता स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले गर्ने छ । अन्तरक्रिया कार्यक्रम सैद्धान्तिक विषयमा केन्द्रित हुने बताइएको छ । यो समाचार गोरखापत्रमा छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961