ट्रकले र कार ठोक्किँदा पाँच जनाको गयो ज्यान

नवलपुर असोज ७ / नवलपुरका तीन स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिममा भएको दुर्घटनामा २२ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। सोमबार राति करिब १० बजे कावासोतीको खरकट्टा जंगलमा ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार पाँचै जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमध्ये तीन जनाको सनाखत भएको छ। सनाखत हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विश्वकर्मा रहेको उनका भतिज सुमन विश्वकर्माले जानकारी दिए। यस्तै, देवचुलीकै दिलबहादुर ढेगा मगर र कैलालीको धनगढी–११ घर भै हाल देवचुली बस्दै आएका सुरज राना मगर रहेको प्रहरीले जनाएको छ। अन्यको सनाखत हुन सकेको छैन।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बररको कार कावासोती–८ स्थित खरकट्टा जंगल क्षेत्रमा ठोक्किको थियो। त्यस्तै, सोमबार राति नै दाङबाट काडमाडौं जाँदै गरेको ना ७ ख ८६४२ बस अरूणखोलामा दुर्घटना हुँदा मकवानपुर हेटौडाका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको छ।

उक्त दुर्घटनमा १५ जना घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। बस आफैं अनियत्रित भई दुर्घटना भएको बताइएको छ । यसैगरी मंगलबार सुर्खेतबाट वीरगंज जाँदै गरेको ना ४ ख ९५१० नम्बरको बस चोरमारामा अनियन्त्रित भई पल्टिँदा सात जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961