मेस्सी बने फिफा वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं, असोज ७ / लियोनल मेस्सी फिफा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । विश्व फुटबल महासंघ (फिफा)ले सोमबार राति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

बार्सिलोनाका कप्तान मेस्सीले मेस्सीले युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मेस्सीले २०१८/९०१९ को सेसनमा ५८ खेलबाट ५४ गोल गरेका थिए ।

त्यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड मेगान रापिनोईले जितिन् । यता, फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जित्दा महिलातर्फको अवार्ड जिल एलिसले जितिन् ।

एजेन्सी


प्रतिक्रिया दिनुहोस्