घुन्सा हेलिकप्टर दुर्घटना,आज १३ वर्ष पूरा

काठमाडौं, ७ असोज ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १३ वर्ष पूरा भएको सन्दर्भमा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौंमा स्मृतिसभा गरिएको छ ।

दुर्घट्नामा निधन भएकाहरुको सम्झनामा आज उहाँहरुको तस्बीरमा माल्यार्पण र दिप प्रज्वलन गरियो । २०६३ साल असोज ७ गतेको हेलिकप्टर दुर्घटनामा तत्कालिन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा.हर्क गुरुङ, संरक्षणविद् डा.तीर्थमान मास्के, वन तथा भूसंरक्षण मन्त्रालयका तत्कालिन सचिव डा.दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल लगायत स्वदेशी, बिदेशी गरी २४ जनाको निधन भएको थियो ।

सोही घट्नाको सम्झनामा प्रत्येक वर्ष जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालको आयोजनामा स्मृति तथा श्रद्धाञ्जली सभा गरिँदैआएको छ । कोषका अध्यक्ष पुष्पराज पाण्डेको अध्यक्षतामा सम्पन्न स्मृति सभा कार्यक्रममा प्रमुख अतिथि अर्जुन थापा, बिशेष अतिथि बालकृष्ण थापा लगायतका ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

घुन्सा दुर्घटनामा मृत्यु हुनुभएका २४ जनाको जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौंको रामकोट स्थित ‘संरक्षणविद स्मारक शालीक पार्क’ मा अर्धकदको शालीक स्थापना गरेको छ ।


प्रतिक्रिया दिनुहोस्