एनसेल कार्यालयमा बम विष्फोट घटनामा संलग्न फरार अभियुक्त पक्राउ

ललितपुर, ८ असोज
२०७५ फागुन १० गते ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा भएको
बम बिष्फोटन घटनामा संलग्न फरार रहेका अभियुक्त ललितपुर लुभु बस्ने कालिकोट नरहरिनाथ
गाउँपालिका(१ घर भएका ४३ वर्षीय हितमान भन्ने नविन बिश्वकर्मालाई सोमबार साँझ प्रहरीले
पक्राउ गरेको छ । उक्त बिष्फोटनमा ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंह
बहादुर गुरूङको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए ।


महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी
नगरपालिका(३ बोझेपोखरीस्थित प्रदेश ३-०२-००३ प ५१३१ नम्बरको मोटरसाइकल सहित
फेला पारी पक्राउ गरेको सो परिसरले जनाएको छ । साथै उनको साथबाट नेकपा बिप्लव
समुहसंग सम्बन्धीत बिभिन्न प्रकारका दस्तावेज किताब, डायरीहरु तथा बिभिन्न कम्पनीको
मोवाइल तथा सिम कार्डहरु समेत प्रहरीले बरामद गरेको छ ।

साथै २०७५ बैशाख ९ गते ललितपुर महानगरपालिका २३ धापाखेलस्थित तत्कालिन
प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवको घर कम्पाउण्डमा बम बिष्फोटन भएको
घटनामा समेत निज बिश्वकर्मा संलग्न रहेको उक्त परिसरले जनाएको छ ।
पक्राउ बिश्वकर्मालाई आवश्यक कार्वाहीको लागि मंगलबार जिल्ला अदालत ललितपुरमा
पेश गरिएको छ । साथै उक्त घटनामा संलग्न सुर्दशन भन्ने हेमन्त प्रकाश ओली २०७५ चैत ९ गते
ललितपुर चापागाँउ ठेचोबाट पक्राउ परी बिष्फोटक पदार्थ (बम) बिष्फोटन गराई कर्तव्य ज्यान,
ज्यान मार्ने उद्योग, राज्य बिरुद्दको कसुर र संङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा ललितपुर
जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961