मासु पकाई नदिएको भन्दै कैंचीले हानेर श्रीमतीको हत्या,

डोटी, असोज ८ / दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा भएको छन ।मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेको छ।

हत्या अभियोगमा कारागार चलान भएपछि अहिले कृष्णका चार छोराछोरी बिचल्लीमा परेका छन् । कृष्णकी आमा पार्वतीलाई अहिले आफ्ना नाति नातिनीहरुको साँझ बिहानको भोक मार्ने चिन्ताले गाँजेको छ । कृष्णका छोराछोरीको गत असारदेखि पढाइ पनि अलपत्र परेको छ ।स्थानीयवासी भरत द्वारियाका अनुसार पार्वतीलाई बाथरोगले ग्रसित बनाएको छ । पावर्तीको घरमा खानलाई अन्नको दाना पनि छैन । काम गरी कमाएर कलिला नाति नातिनालाई पाल्न सक्ने ताकत उनमा छैन ।

रक्सीले मातेका बुवाले आखै अगाडि आमाको बिभत्स हत्या गरेको देखेका कृष्णका छोरा छोरी अहिले कसैसँग बोल्न समेत डराउँछन् । आमाको हत्यापछि बिचल्लीमा परेका उनीहरुको पढाईको जिम्मा दिपायल नगर प्रमुख मञ्जु मलासीले लिने प्रतिबद्धता गरेको पार्वतीले बताइन् ।उनले भनिन्, ‘नाति नातिनालाई पढाउँछु त भन्नुभएको हो, तर पछि आउनु भएन के पो भयो ।’ तत्कालको समयमा नगरपालिका र वडा कार्यालयले किरिया खर्च वापत भनेर पार्वतीका परिवारलाई रु ३५ हजार राहत दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961