डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं, ८ असोज
काठमाडौं महानगरपालिका – २७ पुरानो बसपार्कस्थित डिउटीमा खटिएको प्रहरीलाई
नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं गौशाला बस्ने सर्लाही घर
भएका ४० वर्षीय राजकरण महत्तोलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पकेट मारी चोरी गर्न खोज्ने
महत्तोलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई उक्त रकम दिन खोजेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्