अवैध लागूऔषध सहित पक्राउ,

दाङ, असोज ८ / घोराही उपमहानगरपालिका-१५ प्रकृती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम २ सय ७० मिलिग्राम सहित ७ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-१५ प्रकृती टोल बस्ने २१ वर्षीय सुरेश
घर्तीमगर, सोही उपमहानगरपालिका तल्लो रतनपुर ताराकुन्ज टोल बस्ने १७ वर्षीय संगित बस्नेत,
घोराही उपमहानगरपालिका-१६ लेटार बस्ने २७ वर्षीय नरेन्द्र रसायली, घोराही
उपमहानगरपालिका-१५ दिपसिखा मनकामना टोल बस्ने २३ वर्षीय बलदेव वली, घोराही
उपमहानगरपालिका-१२ हापुर रतनपुर टोल बस्ने १७ वर्षीय सरोज पुरी, सोही
उपमहानगरपालिका रतनपुर मनकामना टोल बस्ने १९ वर्षीय गौरव न्यौपाने र घोराही
उपमहानगरपालिका-१५ बस्ने २४ वर्षीय शंकर चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय
दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ


प्रतिक्रिया दिनुहोस्