सवारी दुर्घटनामा १४ जना घाइते

मोरङ, असोज ८ / पथरी शनिश्चरे नगरपालिका-२ स्थित सडकमा को.१ ख ४२७८ नम्बरको बस, को.१ च ७९०५ नम्बरको पिकअप र को.१६ प ६१४५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये बसमा सवार चालक समेत ११ जना,पिकअपमा सवार चालक समेत २ जना र स्कुटर चालक रहेका छन् । घाइतेहरुको पथरी अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्