अपहरणको नाटक गर्ने व्यक्ति पक्राउ,

कास्की, असोज ८ आफू अपहरणमा परेको भनी नाटक गर्ने पोखरा महानगरपालिका-११ फुलबारी बस्ने ४२ वर्षीय नारायण प्रसाद पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । असोज ४ गते दिउँसो आफू पोखराबाट अपहरणमा परेको भनि उनले जानकारी गराएकोले उक्त सूचनाको आधारमा अपहरणकारीको खोजतलास तथा निजको उद्दारको लागि तत्काल प्रहरी परिचालन गरी खोजतलास कार्य शुरु गरिएकोमा असोज ५ गते निजले रुपन्देहीबाट अपहरणकारीहरुले छाडी भारततर्फ बोलाएको भनि स्थानीय प्रहरीलाई जानकारी गराएका थिए ।

सो घटनामा थप अनुसन्धान गर्ने क्रममा निजलाई कसैले अपहरण गरेको नभई लेनदेनको बिषयलाई लिएर आफ्नो बिपक्षीलाई फसाउन अपहरणको नाटक गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्