लुटपाट गर्न आएका समूहलाई नियन्त्रणमा लिन गोली प्रहार,

काठमाडौं, असोज ९ / जनकपुरधाममा लुटपाट गर्न आएको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । उनीहरुलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएका हुन् ।जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा बिहीबार विहान करिब साढे ३ बजे लुटपाट गर्दागर्दै प्रहरीले देखेपछि भाग्न खोज्दा उनीहरुलाई प्रहरीले तीन राउण्ड गोली चलाएर नियन्त्रणमा लिएका हुन् ।

पक्राउ पर्नेहरुमा दुई जना भारतीय नागरीक र र दुई जना रौतहटका बासिन्दा रहेका छन् । भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो। इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहट वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोद प्रसाद सिंह रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले हतियार समेत बरामद गरेको र भएको छ । प्रहरीले चलाएको गोली एक जना लुटेराको खुट्टामा लागेको र उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरीले जनाए ।


प्रतिक्रिया दिनुहोस्