शल्यक्रिया गर्दा सुत्केरीको ज्यान गयो

पाल्पा, असोज ९ / पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी हुन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई÷तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । बुधबार राति ११ बजेतिर उनको मृत्य भएको हो ।
तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी हुन भर्ना भएको परिवारले जनाएको छ ।

सामान्य अस्पताल आएकी सूर्यवंशीको पेटको बच्चा मरिसकेको चिकित्सकले जनाएका थिए ।
मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो । श्रीमान केशर सूर्यवंशीका अनुसार सुत्केरी विपीन्द्र राति धेरै पटक छटपटाएकी थिइन् । छटपटीमा हटेको अक्सिजनको नली नर्सहरूले जोड्न नसक्दा मृत्यु भएको आफन्तको आरोप छ । रासस


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961