शम्भुप्रसाद मण्डलको नागरिकता खारेज

काठमाडौं असोज ८ / सरकारले एकजना नेपाली नागरिकता खारेज गरिदिएको छ । यही मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

बाँस्कोटाका अनुसार नागरिकता खारेजसँगै मण्डललाई नेपाली नागरिकको सूचीबाट हटाउने निर्णय पनि भएको छ।


प्रतिक्रिया दिनुहोस्