अलैँची जोनद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

प्रयास लिम्बू
ताप्लेजुङ, असोज ९ गते ।
मागेको भन्दा केन्द्रबाट पृथक कार्यक्रम आएको
जनाएको अलैँची जोनको परियोजना कार्यान्वयन इकाई ताप्लेजुङले बिहीबार
चालू आर्थिक वर्षका लागि २ करोड १८ लाख २४ हजार बराबरको बजेट तथा
कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
अन्तर्गत अलैँची जोनको परियोजना कार्यान्वयन इकाईले चालू आवका लागि १
करोड ५८ लाख ४५ हजार रुपैयाँ कार्यक्रम सञ्चालन खर्च र ५९ लाख ७९ हजार
रुपैयाँ प्रशासनिक, कार्यालय सञ्चालन तलबभत्ता शीर्षकमा खर्च गर्ने भएको छ ।
अलैँची जोन ताप्लेजुङका निमित्त कार्यालय प्रमुख करण श्रेष्ठका अनुसार कम्तिमा ३०
हजारदेखि बढीमा ६४ लाख रुपैयाँ सम्मका योजना तय गरिएका छन् ।

जोनले सबैभन्दा बढी सुधारिएको आधुनिक भट्टी निर्माणमा दिइने अनुदानका लागि ६४
लाख २० हजार रुपैयाँ रकम खर्च गर्ने भएको छ । ‘हामीले बजार प्रवद्र्धन र
बगान व्यवस्थापन सम्मका कार्यक्रम समावेश गरेर पठाएका थियौं, केन्द्रले हाम्रो
सिफारिस भन्दा पृथक कार्यक्रम पठाएछ’ अलैँची जोन सञ्चालक समितिका
संयोजक दिनेश अधिकारीले भन्नुभयो ।

उद्यमशीलता तथा क्षमता अभिबृद्धि, गुणस्तर परीक्षण, कार्यक्रम लागु भएका क्षेत्रहरुमा
सरोकारवालाको अन्तक्र्रिया भ्रमण, कृषि मेला, आकस्मिक बाली संरक्षण सेवा, भकारो
सुधार कार्यक्रम यसवर्ष जोनमार्फत कार्यान्वयन हुने कार्यक्रम रहेका छन् । यस्तै प्राङ्गारिक मल तथा जैविक मल उत्पादन तथा प्रदर्शन, माटो तथा बाली संरक्षण
शिविर, जोनलक्षित बालीको बजारीकरणका लागि बिपद् वा अन्य कारणले संस्थालाई
दिइने अनुदान, उच्च प्रविधि नर्सरी स्थापना अनुदान, अलैँचीसहित स्थानीय
कृषिजन्य बाली उत्पादन सामग्रीको कोशेलीघर स्थापनामा सहयोग र प्रतिफलमा
आधारित प्रोत्साहन कार्यक्रम चालू आवका सञ्चालन हुने भएका छन् ।


अलैँची जोन ताप्लेजुङका सचिव चन्द्र तामाङका अनुसार यसै आवमा साना मेसिनरी तथा
औजार उपकरणमा अलैँची किसानलाई अनुदान दिइने छ । यस्तै प्रशोधन उद्योग
सञ्चालनका क्रममा १० लाख रकम रुपैयाँ परिचालन गर्ने जोनको तयारी रहेको छ । चाालू आवका लागि बिनियोजित बजेट र योजना सार्वजनिकरण कार्यक्रममा जिल्ला
समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले आगामी समयमा मूल्य श्रृंखलाको बिस्तार
केन्द्रित कार्यक्रम बनाउन सुझाउनुभयो । मादेनले तल्ला तहबाट निर्धारित
कार्यक्रमहरुलाई उपल्लो तहबाट हस्तक्षेप गर्न नहुनेमा जोड दिनुभयो ।


प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले मूल्यको निरासाबाट किसानहरु
अलैँची खेतीप्रति विकर्षित हुँदै गरेको अवस्थाको अन्त्यका लागि अलैँची जोनको
भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । मैवाखोला गाउँपालिकाका प्रमुख
प्रशासकीय अधिकृत गणेश अधिकारीले सिञ्चित जमिन र यसमाथि अलैँची किसानको
प्रभुत्व बढाउने कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिनुभयो । फुङ्लिङ नगरपालिका वडा नं. १० का वडाध्यक्ष गमबहादुर फुरुम्बो र वडा नं.८ का वडाध्यक्ष पदमसुन्दर पालुङ्वाले अलैँची खेतिप्रति किसानमा देखिएको निरासा र मूल्यका कारण अलमलमा परेको बजारलाई अलैँचीका किसान र व्यवसायीबीच पहुँच बनाउन जरुरी रहेको औंल्याउनुभयो ।
ताप्लेजुङका ६१ वटा जिल्लामध्ये फक्ताङ्लुङ गाउँपालिकाको वडा नं. ७
ओलाङ्चुङगोला बाहेक अरु ६० वटा वडामा अलैँची उत्पादन गरेको तथ्याङ्कले
देखाएको छ ।

अलैँची जोनको कार्यक्षेत्र भने मैवाखोला र फुङ्लिङ
नगरपालिकाको सबै वडा, फक्ताङ्लुङ गाउँपालिकाको वडा नं. ७ बाहेक ६ वटा
वडा, आठराई त्रिबेणी गाउँपालिकाको १ र २ तथा मेरिङ्देन गाउँपालिकाको वडा
नं. ३ र ४ गरी जम्मा २७ वटा वडा मात्र पर्दछ । सरकारले कृषि उपजहरुको
बिशिष्टकृत क्षेत्र निर्माण गर्ने, निर्यातयोग्य कृषिवस्तुहरुको मूल्य अभिवृद्धि गर्दै
प्रतिस्पर्धात्मक क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, कषिलाई सम्मानजनक
व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसर सृजना गर्ने र बहुसरोकारवाला निकायहरु
बीचको कार्यमूलक समन्वयमार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने
उदेश्यका साथ व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) को
परिकल्पना गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961