बस दुर्घटनामा २१ जना घाइते,

काठमाडौं,११ असोज / बैतडीमा आज बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएको छ ।घाइतेमध्यसात जनाको अवस्था भने गम्भीर रहेको छ ।घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन् ।

यस्तै गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउँद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान पनि घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्