२४ घण्टामा एक लाख १२ हजार मानिस काठमाडौंबाट बाहिरिए

काठमाडौं, १२ असोज / दशैंका लागि काठमाडौंबाट बाहिरिनेको संख्या बढेको छ ।
गएको २४ घण्टामा नागढुंगा, भक्तपुर, मुड्खु र फर्पिङ नाका हुँदै १ लाख १२ हजार ६ सय ८१ जना काठमाडौबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सबैभन्दा धेरै नागढुंगा नाकाबाट ३८ हजार १ सय ६८ जनाले काठमाडौं छाडेका छन् भने ३५ हजार ३ सय ४० जना काठमाडौं भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ । आज दशैंको पहिलो दिन घटस्थापना हो । दशैं शुरु भएसँगै उपत्यका छाड्नेहरुको संख्या थप बढ्दै जाने ट्राफिक प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्