भैरे,चटनीमा थोरै केही मिसाउला ! D.B.सर्वश्रेष्ठ

भैरे ………….
नकरा भो आखिरिमा
जति महङ्गो भएपनि के भयो त
तैले राज्यको चट्नी चाट्न
पाएकै छस् ?
अलि अलि छोरा छोरीका
लागि छात्रावृद्धि मिलाएकै होला
अनि तलाइ के भो छोड्दे
म तलाइ थप सुबिधा
भन्दिछु ।
नकरा भो बरु गाउँमा गएर मेरो बारेमा राम्रो कुरा गरेस् है
तल भिर मुनिको बाटोको पैसा
मिलेर खाएन भनेस्
कतै पनि मेरो छोरी बुहारिलाइ
नियुक्ति गरेको कुरा नभनेस्।
चट्निमा थोरै अरु केही मिलाउला

तल त्यो बिर्खे कामी निकै बौलाउदैछ रे
कैले सहिदका सपना बेचेर खाए भन्छ रे
कहिले दलाल र भ्रष्ट भएर गाउँका
नदि नाला बेचेर सके भन्छ रे
त्यस्लाइ अलि सम्झाउनु बुढेसकालमा
पागल खाना पुग्लास है भनेर
नभए चुप लागेर बस्नु भन्दिनु ।
चट्नी संग थोरै तीन पाने मिलाउला

भैरे ….
म आउदा फुलपाती
राम्रो सग तयार गर्नु है
सम्मान त पहिलेको भन्दा नि उच्च
हुनुपर्छ नि
छिमेकीहरुले कति धेरै लोकप्रिय
भएछ है ।
हाहाहाहा…………भन्नै परो
त्यस्को लागि चट्निमा थोरै
हुस्की मिलाउला ………

आखिरिमा मलाइ के को चिन्ता रु
ठुला ठुला मेडिकल कलेज मेरै हो
नभन्नुनी
बिदेशी मित्र जन मेरै
देशको सबै निकाय मेरै हातमा छ
निउ खोज्नेहरुलाइ
मुन्टियाएर जेल कोच्छु
अलि बढि गर्नेलाई आतंककारी
भन्छु
हाहाहाहा …………..
चट्निमा अरु केही थपौ त
नभन्नु नी सबै मेरो भनेर
भैरे
मलाइ के मतलब जो सुकै
बिरामी भएर मरुन
जो सुकैले पढ्न नपाउन
के मतलब

भैरे …
चट्नी थपौला
तर गाउँमा नेता जिले गरिब र
निमुखाको पक्षमा
काम गर्दै हुनुहुन्छ भनिदिनु है
भैरे ला एक बोतल हुस्की
एक बिटो लेर जा
तलाइ थाहा छ यो बिटोमा
कति छ भनेर
एक लाख छ है ……..
चट्नीको स्वाद लिनु

भैरे …
ल जा तलाइ गाह्रो भएमा आउनु
तर गाउँमा राम्रो सग लाग्नुनी
हाहाहाहा………………..
सहिदको सपना
गरिबको मुद्दा
हेर त यसरिनै पैसामा
साटिन्छ ।
तर भस्ट्र
बिदेशी दलाल
माफियाका नाइके भन्दा
ताली बजाएर नहास्नु नि
चट्नी फेरि बन्द हुन्छ ………हाहाहा …….

भैरे,चटनीमा थोरै केही मिसाउला ! D.B. सर्वश्रेष्ठ


प्रतिक्रिया दिनुहोस्