ठूलो अवैध रकमसहित बाबु–छोरा पक्राउ

पर्सा, १४ असोज / ठूलो परिमाणको अवैध रकमसहित पर्सा प्रहरीले बाबु–छोरालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पर्सा प्रहरीले सोमबार अपरान्ह २ः३० बजे वीरगञ्ज महानगरपालिका–४ नारायणी अस्पताल अगाडि सडकमा चेकजाँच गर्ने क्रममा ना. ४९ प ६८२४ र ना.५७ प नम्बरको छुट्टाछुट्टै मोटरसाइकलमा चढेर आइरहेका अवस्थामा बाबु–छोरालाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरूमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१६ बस्ने ४५ वर्षीय आवाश अलि र उनकै २२ वर्षिय छोरा अस्ताक आलम छन् । प्रहरीले उनीहरूको साथबाट १२ लाख ४ हजार ५ सय नेपाली रूपैयाँ बरामद गरेको छ । प्रहरीले उनीहरूले सो रकम कहाँबाट र के प्रयोजनका लागि कसरी ल्याइरहेका थिए भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्