यौनदुर्व्यहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा

काठमाडौं १४ असोज / एक महिलामाथि यौनदुर्व्यहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेमार्फत् राजीनामा दिएका हुन् । महराले आफ्नो राजीनामा पत्रमा आफुमाथि लागेको आरोपमा सत्यतथ्य छानविन गर्न सहज होस् भनेर राजीनामा दिएको बताएका छन् ।

फाईल तस्विर

‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य निश्पक्ष र स्वतन्त्र छानविनका लागि अअनुसन्धान गर्न सहज होस भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रकृया नसकिदासम्मका लागि राजीनामा दिएको छु,’ महराको राजीनामामा भनिएको छ ।

यसअघि सत्तारुढ दल नेकपाको आकस्मिक बसेको सचिवालय बैठकले पनि महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएको थियो । सभामुख महरामाथि संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौनदुव्र्यवहार गरेको आरोप लागेको घटना सोमबार सार्वजनिक भएको थियो ।

पीडित महिलाले महराले आफुलाई जर्वजस्ती गरेको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन् । सभामुख महराले महिलामाथि गरेको दुव्र्यवहारको समाचार सार्वजनिक भएपछि उनको सचिवालयले सोमबार बेलुका सभामुखलाई फसाउने षड्यन्त्र भएको दावी गर्दै प्रेश विज्ञप्ति समेत जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्