सभामुखको राजीनामाबारे यस्तो छ कानुनी व्यवस्था

काठमाडौं, १ ४असोज / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिनुपर्ने निर्णय लिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकष्मिकरुपमा सचिवालय बैठकबाट महराले सभामुख र प्रतिनिधि सभा सदस्य दुवैबाट राजीनामा दिनुपर्ने निर्णय लिएको हो।

फाईल तस्विर

नेकपाको निर्णयसँगै अब महरासँग दुवै पद छाडेर प्रहरी अनुसन्धान र छानविनलाई सघाउनुको विकल्प छैन। महरामाथि संसद सचिवालयमै करारमा कार्यरत एकजना महिलाले आफ्नै कोठामा पसेर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। आइतवार साँझ मदिरा पिएर पुगेका महराले आफूमाथि जवरजस्ती गरेको आरोप सञ्चारमाध्यममा लगाएकी थिइन्।

उनले प्रहरीमासमेत घटनाबारे जानकारी गराएको समाचार सार्वजनिक भएसँगै महरामाथि नैतिक संकट परेको थियो। उनको सचिवालयले घटनाको खण्डन गरे पनि राज्यको उच्च पदमा पुगेको व्यक्तिमाथि लागेको संगीन आरोपले नेकपा नै अफ्ठेरोमा परेको छ। यस्तो छ व्यवस्था संविधान र प्रतिनिधिसभा नियवावली २०७५ अनुसार सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिनुपर्नेछ।

प्रतिनिधि सभा नियमावलीको दफा २११ अनुसार सभामुख महराले उपसभामु तुम्बाहाम्फेसमक्ष लिखित राजीनामा दिनेछन्। ‘सभामुखले उपसभामुखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिन सक्नेछन्। उपसभामुख वा कुनै सदस्यले आफ्नो पदबाट राजीनामा दिँदा सभामुखलाई सम्बोधन गरेर दिनुपर्ने हुन्छ नियमवालीमा भनिएको छ।

उक्त राजीनामालाई प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउने प्रावधान छ। बैठक नचलेको अवस्थामा सचिवालयले सूचना निकालेर सार्वजनिक जानकारी गराउनेछ। छ।


प्रतिक्रिया दिनुहोस्