महरा सरबाट ममाथि कुनै दुर्व्यवहार भएको छैन : रोशनी शाही

काठमाडौं, १४ असोज / प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन् । उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन् ।

फाईल तस्विर

आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेका छिन् । ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिले काँही बीपी चेक गराउँदा भेट हुने हो’, उनले भनिन्, ‘अहिले त धेरै भयो भेट पनि नभएको ।’

शाहीले महरा आफ्नो बुवा सरहको मानिस भएको बताउँदै रिसको झोंकमा आफूले भनेका सबै कुरा गलत भएको बताएकि छिन। मेरो बाउ समानको मान्छे हो । उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन । मैले रिस उठेको बेलामा के के भने यी सब निराधार हुन् । त्यसमा कोही पनि भ्रममा नपर्नु होला’, उनले भनिन्, ‘मैले रिस उठ्दा भनेका के के कुरालाई पत्रकारले बंगाएर लेखिदिएछन् ।’उनले महराले कर्मचारी समायोजनमा चाहेको ठाउँमा नभएको नआत्तिन भनेर फोन गरेको प्रष्ट पारिन् ।


प्रतिक्रिया दिनुहोस्