लिम्बू बिद्यार्थी मञ्चको अध्यक्षमा दिपा लक्सम

प्रयास लिम्बू
ताप्लेजुङ, असोज १३ गते ।
लिम्बू बिद्यार्थी मञ्चको नवौं राष्ट्रिय महाधिवेशनले इन्द्रकुमारी लक्सम (दीपा) को अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आइतबारदेखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सुरु भएको महाधिवेशनले लक्समको अध्यक्षतामा निर्विरोध केन्द्रीय कार्यसमिति चयन गर्दै सोमबार सम्पन्न भएको हो ।

अध्यक्षका आकाँक्षीहरुबीच लामो समयसम्म भएको संवादले निर्विरोध समिति चयन गर्ने बाटो खुलेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नितेश सिघङ्क लिम्बू दोहोरिनुभएको छ । सिङ्घक पनि अध्यक्षका आकाँक्षी रहनुभएको थियो । यस्तै समितिका उपाध्यक्षहरुमा बिक्रम शेर्मा, राम लिङ्दम, राजेश इवाहाङ, दमन्ता साँबा र मोहन माबो, महासचिवमा गुल्सन आङ्बुहाङ, उपमहासचिवमा प्रविन नेयोङ, सागर सरगम चेम्जोङ रहनुभएको छ ।

सचिवहरुमा सेमी तुम्बापो, ताराबीर मोराहाङ, प्रविण सेलिङ, डिल्ली लुङ्फुङ्वा र कोषाध्यक्ष मनकुमार योङ्हाङ रहनुभएको छ । प्रतिनिधि र पर्यबेक्षक गरी करिव ४ सय सहभागी भएको लिम्बू बिद्यार्थी मञ्चको आइतबार साँझदेखि सुरु भएको बन्दसत्रले सोमबार दिनभरसम्म लगाएर सर्वसहमतिमा कार्यसमिति चयन गरेको हो । महाधिवेशनको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो (मौसम) ले उद्घाटन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्