रोशनी शाहीको सुरक्षाका लागि खटाइयो प्रहरी

काठमाडौं, १५ असोज / कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी नर्स रोशनी शाहीको सुरक्षाका लागि असईको नेतृत्वका प्रहरी खटाइएको छ ।शाहीको सुरक्षाका लागि प्रहरीले एक जना असई र एक जना महिला प्रहरी खटाएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीमाथि निगरानी राख्न र भवितव्य केही पनि नहोस् भनेर सुरक्षा दिन परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

फाईल तस्विर

रोशनीले एक वर्षअघि मात्र विष सेवन गरेकी थिइन् । सात दिनसम्म आइसियुमा बसेर निको भएपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ । रोशनी शाहीले पनि बिहान ७ बजेबाट प्रहरी आएर आफ्नो निगरानी गरेको फेसबुक स्टाटसमार्फत जानकारी गराएकी छन् ।

प्रहरीको एक टोलीले आज बिहान पनि शाहीको कोठामा पुगेर थप अनुसन्धान गरेको छ । ‘हामी डे वानदेखि नै अनुसन्धानमा छौं,’ एक प्रहरी अधिकारी भन्छन्, ‘अनुसन्धानलाई थप प्रभावकारी बनाउन उनको कोठामा प्रहरी पठाएका हौं ।’

मंगलबार अपराह्न पनि पीडित महिलाको कोठामा गएर रक्सीको बोतल, गिलास तथा महराको भाँचिएको चश्मा नियन्त्रणमा लिएको थियो । प्रहरी स्रोतका अनुसार संसद सचिवालयमा कार्यरत ती महिलाको पेरिसडाँडानजिक कोठामा गई घटनास्थलमा भेटिएका वस्तुहरू नियन्त्रणमा लिइएको छ ।

कोठाको मुचुल्का उठाउन महानगरीय प्रहरी वृत्त बानेश्वर, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका अनुसन्धान अधिकृत गएका थिए । महिलाको कोठाबाट बरामद भएका ती वस्तुको फिङ्गर टेस्टका लागि फरेन्सिक ल्याब पठाउने प्रहरीको योजना रहेको स्रोतले बतायो ।

पछिल्लो समय ती महिलाले भने बयान फेरेकी छन् । उनले महराले आफूलाई बलात्कार गरेको नभई दुव्र्यवहार गरेको बताएकी छन् । उनले महरा आफ्नो बाबु समानको व्यक्ति भएको र महराबाट यस्तो काम हुनै नसक्ने बताएपछि घटना मोडिएको छ । उनले आफू डिप्रेसनमा रहेके र हाइ डोज औषधि खाइरहेकाले कसलाई फोन गरें, के भने भन्ने थाहा नभएको भन्दै बोली फेरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961