ट्याङकरको ठक्करबाट एक महिलाको ज्यान गयो,

काठमाडौं, १७ असोज / हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । हेटौंडा बजार आउदै गरेको गर्दा ना.८ ख ३८७२ नं को ट्याङकरले सोही दिशाबाट आउँदै गरेको ना.५६ प ४९३५ नं को मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल सवार सीताको घट्नास्थलमै मृत्यु भएको हो । ३५ वर्षीय सीता हेटौंडा १ का बासिन्दा रहेकी प्रहरीले जनाए ।

दुर्घटनाबाट मोटरसाइकल चालक सीताका पति ४५ वर्षीय शशि न्यौपाने भने सामान्य घाइते भएका र हेटौँडा अस्पतालमा सामान्य उपचार गरी उनी घर फर्किएका छन् ।ठक्कर दिने ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्