नेपाली चेली इंग्ल्याण्डको यू–१९ राष्ट्रिय फुटबल टिममा पर्न सफल

काठमाडौं, १७ असोज / नेपाली चेली अस्मिता आले मगर इंग्ल्याण्डको यू–१९ राष्ट्रिय फुटबल टिममा पर्न सफल भएकी छन् । युइएफए वुमन्स यु–१९ च्याम्पियनसिप छनोटका लागि इंग्ल्याण्डले घोषणा गरेको टिममा डिफेन्डर अस्मिता छनोट हुन सफल भएकी हुन् । एस्टन भिल्लाबाट खेलिरहेकी अस्मिता छनोट अन्तर्गत साइप्रस, बेलारुस र सर्वियासँगको खेलका लागि टिममा परेकी हुन् ।

पूर्व गोरखा सैनिकको छोरी १७ वर्षीय अस्मिताले इंग्ल्याण्डको यू–१६ टोलीबाट समेत खेलिसकेकी छिन् । उनका बुबा अमृत आले क्विन्स गोरखा सिंगलका सैनिक हुन् । तनहु दमौलीका अमृत आठौं दक्षिण एसियाली खेलकुद ९साग० टिमको बन्द प्रशिक्षण समेत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्