छोराले गरे आफ्नै बाबुको हत्या,

काठमाडौं, १८ असोज / काभ्रे नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । गए राति घरायसी विवादपछि पिक प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ ।

टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा शनिबार बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाए ।घटनापछि भाग्न खोज्दै गर्दा वियजलाई शुक्रबार राति नै प्हरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् ।


प्रतिक्रिया दिनुहोस्