यू–१५ नेपाली फुटबल टिम भुटान जाँदै

काठमाडौं, १८ असोज / भुटानमा हुने तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपमा सहभागिताका लागि जाने नेपाली टिमको शुक्रबार बिदाइ गरेका छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरिएको कार्यक्रममा भुटान जाने ३१ सदस्यीय नेपाली टोलीको बिदाइ गरिएको हो। उक्त टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पाले बिदाइ गरे। नेपाली टोली सोमबार भुटान प्रस्थान गर्नेछ।

नेपालले प्रतियोगिताको खेलको सुरुवातसँगै असोज २२ गते भारतसँग खेल्नछ । नेपालले असोज २४ गते बंगलादेश र असोज २६ गते आयोजक भुटानसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

नेपाली टोलीमा सुनकला राई, कुमारी तामाङ, मनीषा राउत, अनु राई, ममता पुन, मनमाया दमाई, निकिता थोकर, सुरक्षा सुखरिया, अमिषा कार्की, पुष्पा गुरुङ, मन्दिरा राई छन्।त्यस्तै सरा वज्राचार्य, सरु हमाल, प्रीति राई, पूजा थापा, सावित्री किसन, सबिना चौधरी, सुषमा घर्तीमगर, अस्मिता रानापाल, मञ्जुकुमारी खड्का, प्रतीक्षा चौधरी, देव्या मगर र लीला जोशी रहेका छन् ।

मुख्य प्रशिक्षकमा राकेश श्रेष्ठ, सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपर प्रशिक्षकमा मीनबहादुर बस्नेत रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्