पूर्वमन्त्री अम्बिका साँवा स्मृति ग्रन्थ लोकापर्ण हुंदै

काठमाडौं, १ कात्तिक / ताप्लेजुङमा जन्मिएका पूर्वमन्त्री अर्थक योद्धा अम्बिका साँवाको स्मृति ग्रन्थको काठमाण्डौको बागबजार स्थित हार्दिक होटलमा शनिवार लोकापर्ण हुदै छ ।
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने आयोजक अम्बिका साँवा स्मृति प्रतिष्ठानले जानकारी दिएको छ ।


ताप्लेजुङको खोक्लिङमा १९९३ साल चैत्रमा जन्मिएका साँवा २०४७ सालमा बन तथा जनसंख्या मन्त्री समेत भएा थिए । साँवा जिल्ला पञ्चायत सदस्य पछि २०२२ सालमा जिल्ला पञ्चायत सभापति र २०४६ पछि दुई पछि दुई पटक ताप्लेजुङ क्षेत्र नम्बर २ को सांसद भएको थियो ।


प्रतिक्रिया दिनुहोस्