युवा सङ्घ नेपालको केन्द्रिय सदस्यमा चलचित्रकर्मी डिल्ली मनोनित

नेपाल चलचित्र युवा मञ्चका सचिव, निर्माता तथा कलाकार डिल्ली कुमार लिङदेन (डिक्सो) नेकपा भातृ संगठन युवा सङ्घ नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

उनले ‘काबेली’, ‘क्राइम’, ‘बाटो मुनिको फुल’, ‘अनमोल माया’, ‘क्रान्ति’लगायत एक दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरेका छन् । उनले निर्माण गरेका चलचित्र ‘काबेली’, ‘क्राइम’, ‘अदालत’, ‘अनमोल माया’लगायतका हुन् ।

चलचित्रकर्मीसँगै उनी युवा व्यवसायी पनि हुन् । व्यवसाय, चलचित्रकर्मसँगै राजनीतिलाई पनि निरन्तरता दिदै आएका लिङ्देनले आफ्नो जिम्मेवारी पूरा गर्न सधै तत्पर रहेको बताए । ‘परिवर्तन एवम् समाज बिकासका निम्ति चलचित्र क्षेत्रले पनि त्यति नै योगदान पुर्याउदै आएको छ’, उनी भन्छ, ‘जति राजनीति दलहरुले गरेका छन् ।

विशेष गरि युवाहरुको लागि राज्यले गुणस्तर शिक्षा तथा आकर्षक रोजगार दिलाउनु पर्नेछ ।’ लिङ्देनले चाडै नै दिनेश लिङदेनको निर्देशन ‘कुण्डली’ नामक चलचित्र निर्माण गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961