नेपालबाट दिल्ली जाँदै गरेको बस दुर्घटना, दुई दर्जनभन्दा बढी घाइते

काठमाडौं, ३ कात्तिक / नेपालबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्री घाइते भएको छ । घाइते हुनेमा अधिकांश नेपाली नागरिक रहेको बताइएको छ ।आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर उक्त बस दुर्घटना भएको हो । घाइतेहरुलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमहरुलेले जनाएको छ।

सो बस नेपालको कुन स्थानबाट प्रस्थान गरेको हो भन्ने प्रष्ट हुन सकेको छैन । नेपालगञ्ज प्रहरीका अनुसार बस दुर्घटनाबारे प्रारम्भिक जानकारी आएको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएको छ ।चालक निदाएका कारण उक्त दुर्घटना भएको समाचारमा उल्लेख छ ।

ट्रकसँग ठोक्किएर बसको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसका चालक र परिचालक पनि घाइते भएका छन् ।

भारतीय अखबार दैनिक जागरणले आफ्नो अनलाइन संस्करणमा जनाएअनुसार नविन थापा, नन्दू, टेकबहादुर, धनकुमारी, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विस्ट, सुनिता विस्टलगायत घाइते भएका छन् । समाचारमा उनीहरुको ठेगाना भने खुलाइएको छैन । एजेन्सी


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961