एनआरएनए टोली बधाई थाप्‍न माधव नेपालकहाँ

काठमाडौं, ३ कात्तिक गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व बधाई थाप्‍न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालकहाँ पुगेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता माधव नेपालले नयाँ बानेश्वरस्थित होटेल हार्दिकमा आयोजित एक समारोहमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्तसहितका टोलीलाई बधाई समेत दिएका छन्।

एनआरएनए विश्व समन्वय परिषद्को ९ औं सम्मेलनबाट निर्वाचित अध्यक्ष पन्तसहितको टोलीलाई नेता नेपालले विदेश विभागको तर्फबाट बधाई तथा शुभकामना दिएको उनको सचिवालयले जनाएको छ। त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष पन्तले बधाई तथा शुभकामनाका ग्रहण गर्दै आफ्ना केही प्रतिबध्दता राखेका थिए।


प्रतिक्रिया दिनुहोस्