नेवार समुदायको किजा पूजा आज मनाउँदै,

काठमाडौं, १३ कार्तिक / हिजो मंगलबार भाइटीका नलगाएका नेवार समुदायले आज बुधबार भाइटीका बुधबार लगाउँदै छन् । मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउने भएका हुन् ।

मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको नेवार समुदायका अगुवाहरुले जनाएका छन् । बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन सकिने भनाइ छ ।

कतिपयले भने नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार मंगलबार नै किजा पूजा मनाएका छन् । किजा पूजाको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी विमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ ।

त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाई दिने चलन छ । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ ।

पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गते मात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै सो दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार कतिपयले मंगलबार नै म्हः पूजा गरे । कतिपयले भने भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने चलन रहेको भन्दै सोमबारै म्हः पूजा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961