कस्मिरमा पाँच मजदुरको हत्या,

कस्मिर, १३ कार्तिक / कस्मिरमा चरमपन्थीले स्थानीय पाँच मजदुरको हत्या गरेका छन् । कुलगाम जिल्लाको कातरसु गाउँमा मंगलबार राति चरमपन्थीले स्थानीय पाँच जनाको हत्या गरेको कस्मिर प्रहरीले जनाएको छ । जम्मु–कस्मिर प्रहरीले आफ्नो ट्वीटमार्फत यो जानकारी दिएको हो । मारिएका सबै स्थानीय मजदुर रहेको र उनीहरुलाई चरमपन्थीले घरमै पसेर मारेको प्रहरीले जनाएको छ ।

जम्मु–कस्मिरको अवस्था बुझ्न युरोपियन सांसदको समूह स्थलगत निरीक्षणमा रहेका बेला यो घटना भएको हो । अहिले प्रहरी घटनास्थल पुगेर सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिइएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्