बार्सिलोना शिर्ष स्थानमा

काठमाडौं, १३ कार्तिक / स्पेनिस ला- लिगा फुटबलमा साविक विजेतामा फर्किएको छ। मंगलबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ ले पराजित गर्दे शिर्ष स्थानमा फर्किएका हुन। बार्सिलोनाको घरेलु मैदानमा नउक्याम्पमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन कप्तान लियोनल मेसीले दुई गोल गर्दा, लुइस स्वारेज, क्लेमेट लंग्लेट र अर्टुरो भिडालले एक एक गोल गरेका थिए ।

भालाडोलिडका लागि किको ओलिभासले एक गोल फर्काएका थिए। बार्सिलोनाले खेल सुरु भएको दोस्रो मिनेटमानै लंन्ग्लेटले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको १५ औं मिनेटमा भालाडोलिडका किकोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। २९ औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रतामा पुर्‍याउन सफल भए। पहिलो हाफमानै तीन गो गर्ने क्रममा ३४ औं मिनेटमा मेसीले फ्रिकीक मार्पmत आकर्षक गोल गरे।

उनको यो ५० औं फ्रिकीक गोल हो। उनले क्लबका लागि ४४ औं गोल हो भने अर्जेन्टिनाबाट उनले ६ फ्रिकीक गोल गरेका छन्। ७५ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाले ४–१ को अग्रता बनायो। त्यसपछि खेलको ७७ औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना ५–१ ले बिजयी भयो। जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ। उसको १० खेलबाट २२ अंक जोडेको छ। पराजित भालाडोलिड ११ खेलमा १४ अंक जोडेर नवौं स्थानमा छ। अर्को खेलमा एट्लेटिको मड्रिड र डिपोर्टिभो अल्भेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। एजेन्सि


प्रतिक्रिया दिनुहोस्