प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या

काठमाडौं, १३ कार्तिक / प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। मंगलबार बिहान स्वास्थ्यमा समस्या भएपछि प्रम ओलीलाई धापासीस्थित ग्राण्डी अस्पतालमा लगिएको छ । अन्य समयमा अस्वस्थ हुँदा तथा नियमित चेकजाँचका लागि प्रमलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लाने गरिएको थियो। स्रोतका अनुसार प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारबाट नियमित चेकजाँचका लागि ग्रान्डी लगिएको हो।

फाईल तस्विर

यसअघि प्रधानमन्त्री ओलीले सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर फर्किएका थिए। उनको सिंगापुरमा ६ पटकसम्म प्लाज्मा फेरोसिस गरिएको थियो। सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर ओलीको शरीरमा जम्मा भएको एन्टी बडी नष्ट गरिएको थियो। ओली सिंगापुरमा दुई हप्ता लामो उपचारपछि पछिल्लो पटक गत भदौ २० गते काठमाडौं फर्किएका थिए। त्यसपछि ओलीले सिंगापुरमा उपचारका क्रममा मुटुमा राखिएको पाइप महाराजगञ्‍जस्थित शिक्षण अस्पतालमा पुगेर झिकेका थिए। उनको नेपालमा पनि नियमित चेक चलिरहेको छ।

दशैंका बेला पनि ओली ग्रान्डी अस्पताल गएका थिए। सिंगापुरबाट फर्किएपछि सैनिक अस्पताल छाउनीमा ओलीको मिर्गौलाको एक पटक बायोस्पी गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्रीका निजी चिकित्सक डा। अरुण सायमीका अनुसार स्वास्थ्यमा जटिलता थपिएको छैन। ुुप्रधानमन्त्रीको स्वास्थ्यमा थप समस्या भएर ग्रान्डी लगिएको होइनु, उनले भने, यो नियमित चेकअप हो। पहिले पनि पनि शिक्षण अस्पतालमा नियमित चेकअप हुन्थ्यो।

अहिले मिर्गौलाको चेकअपका लागि उहाँलाई त्यहाँ लगिएको हो। ओलीमा मुटुको समस्या देखिँदा शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका छन्। पछिल्लो दुई पटकको चेकजाँचका लागि ओली ग्रान्डीमा जाने गरेका छन्। यसअघि दशैँका बेला पनि ओलीले ग्रान्डी पुगेर मिर्गौलाको परीक्षण गरेका थिए। १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपण गरिएकका थिए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961