सानै उमेरका राम लिम्बू दर्शकको मन जित्दै

काठमाडौं, २ मंसिर / बिर्तामोडका राम लिम्बू वनेम फागो को लोभ लाग्दो गायन कलाले दर्शकको मन जित्दै टप १० मा पर्न सफल भएका छन् ।हिमालयन टेलिभिजनमा प्रशारण हुदै आईरहेको चर्चित रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन–२ मा आफुलाई अब्बल साबित गर्दै सानै उमेरका लिम्बू ठूलो सपना बोकेर द भ्वाइस अफ नेपालमा प्रबेश गरेका छन् ।

उनले कुनै पनि गीत संगीत सम्बन्धि तालिम लिएका छैनन् , तर पनि स्टेज तताएर जर्ज र दर्शकको मन जित्न सफल लिम्बूले छोटो समयमा नै आफुलाई लाखौं फ्यानहरुको मन जित्न सफल भएका छन् ।

फाइनलमा समेत उपलब्धि हासिल गर्ने अठोटका साथ अगी बढेका लिम्बूलाई अहिले भने भोटको खाचो परेको छ । उनले भोट मार्फत बिजेता बन्नको लागि सबै संग भोटको अपिल गरेका छ्न ।


प्रतिक्रिया दिनुहोस्