मिस्टर एण्ड मिस टिन शेर्पा प्रतियोगिता हुंदै

मिङमा शेर्पा पाङकर्मा काठमाडौं १४ मंसिर / मिस्टर एण्ड मिस टिन शेर्पा प्रतियोगिता मंसिर २८ गतेसम्म आवेदन दिन सकिने ।

गौतम बुद्ध फिल्मस् प्रालिले काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रालिका अध्यक्ष छिरिङ डोमा शेर्पाले शेर्पा समुदायका किशोर किशोरीहरूको व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना हुँदै आएको बताए ।

शेर्पा समुदायको व्यक्तित्व विकास तथा भाषा, कला संस्कृति संरक्षण तथा प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम लाभदायक हुने विश्वास लिएको समेत जानकारी दिए ।

मंसिर १५ गतेदेखि २८ गते सम्म आवेदन दिन सकिने साथै प्रतियोगिताको अडिसन मंसिर २८ गतेदेखि हुने भएको छ । प्रतियोगिताको ‘ग्राण्ड फिनाले’ माघ १ गते बुधबार काठमाडौँको प्रज्ञा भवनमा हुने जानकारी दिए ।

प्रतियोगिताको पहिलो चरणमा आवेदकहरूलाई खुबी प्रस्तुत गर्न लगाईने र त्यसपछिका चरणमा प्रतिभा निखार्न प्रशिक्षकको निगरानीमा प्रशिक्षण दिइने अध्यक्ष शेर्पाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्