सुनको मूल्य बढ्यो

काठमाडौं २९ मंसिर / साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७१ हजारमा कारोबार भएको छ । चाँदी भने रु ५ बढेर ८४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्