आज सोमबार तपाईको राशिफल हेर्नुहोस्

वि.सं.२०७६ मंसिर ३०। सोमबार। इ.स.२०१९ डिसेम्बर १६।ने।सं। ११४० थिंलागा। पौष कृष्णपक्ष। चतुर्थी, ६:५३ बजेदेखि पञ्चमी, २८स:५७ उप्रान्त षष्ठी।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) – सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। तर मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिवश अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामले उपलब्धि दिलाउनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) – ष्वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्नो क्षमताको कदरभन्दा कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लगाउनेहरूले दुस्ख दिनेछन्। आत्मसम्मानमा चोट पुग्न सक्छ। पुग्दो रकम नहुनाले पनि समयमा काम गर्न समस्या पर्नेछ। विगतको श्रमबाट भने लाभ हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले स्थितिमा सुधार आउनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) – पहिलेको सफलताले महत्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। आफ्ना कमजोरी सार्वजनिक हुन सक्छन्। अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुने काममा जग बसाउने अवसर जुट्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) – छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) – मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आयआर्जनका विभिन्न स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। दैनिक काममा उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) – पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। तर, जिम्मेवारी पूरा गर्नमा भने केही बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) – केही चुनौती देखिए पनि सामाजिक उत्तरदायित्व वहन गर्दै विशेष जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) – चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ। अस्वस्थताले लक्ष्यमा पुग्न समस्या पर्नेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ। परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) – पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) – स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) – अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा गरिएको नतिजा कमजोर बन्नाले सोचेको फाइदा नउठ्न सक्छ। बौद्धिक व्यक्तित्वसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। अध्ययनमा समय दिन नसकिएला। गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्नेछ। सहयोगीले पनि हिम्मत जगाउनेछन्।

उपप्रा। लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961