शेर्पासंघको अध्यक्षमा ङवाङ सोनामको दाबी, को हुन् त सोनाम ?

काठमाडौं १ पुस / कर्मशिल युवा ब्यक्तित्व ङवाङ सोनाम शेर्पा आफुलाई पाएको जिम्मेवारी कुशलतापुर्बक निभाउछन भन्ने बिषयमा आफ्नो समुदाय मात्र होईन आफ्ना जान पहिचानका सबैको युवापत्ती सहमत मात्र होईन भरोषा गर्छन् । यसर्थ समुदायमा परेको बेला रातबिरात केही नभनी न्यायको लागि अगाडि बढछन भने परोपकारी काममा सदैव अग्रपङ्तिमा रहन्छन । शेर्पा समुदायमा एक शिक्षित परिवारमा रहेका शेर्पा बाणिज्य शास्त्रमा स्नातक र ग्रामीण बिकास र अर्थशात्रका स्नातकोतर हुन ।

लेखन, साहित्य, पत्रकारिता क्षेत्रमा बिशेष रुचि राख्ने शेर्पा राष्ट्रिय दैनिकहरु र अन्तरराष्ट्रिय जर्नलहरुमा लेखहरु प्रकाशित् हुनाको साथै पनामा, कम्बोडिया, फिलिपिन्स लगायत एक दर्जन भन्दा बढी देशहरुमा नेपाल र एसियाको तर्फबाट कार्यपत्र समेत प्रस्तुत गरी सकेका छन । शेर्पा भाषामा बिशेष दख्खल राख्ने शेर्पा शेर्पा अङ्रेजी, जापानिज लगायत भाषामा बिशिष्त्टता छ भने स्पेनिस र फ्रेन्च साधारण बोलचाल गर्छन् । बौद्ध दर्शन सम्बन्धी बिभिन्न उच्च स्तारिय धर्मगुरुहरुसँग शिक्षा लिएका छन ।
आगामी नेपाल शेर्पा संघको आसन्न निर्वाचन २०७६ साल पौष ४, ५ र ६ गते हुन गई रहेको महाधिवेशनमा संघको मुल नेत्रित्वमा युवाहरुको बिशेष आग्रहमा अध्यक्ष पदको दावेदारी प्रस्तुत गर्नु भएको छ । जसको नीति उसैको नेत्रित्व भन्नेमा सम्पूर्ण युवा, बिद्यार्थी लगायत पेशा ब्यबसायीहरु ढुक्क छन ।

अन्तरराष्ट्रिय अनुभव
आदिबासी लगायत उपेक्षित, दमित र सिमान्तक्रितहरुको पक्षमा संयुक्त्त राष्ट्र संघ सम्म आवाज घन्काएको अनुभव छ । दशबर्षे जनयुद्ध बारे संयुक्त राष्ट्र संघका मुख्यालयमा उच्च पदाधिकारीहरुसँग जनयुद्ध कुनै आतङकारी गतिबिधी नभएर बिसुद्ध राजनईतिक भएको कुरा अझै सम्झन्छन । त्यसैको परिणाम् स्वरुप शाहीकालमा सेन्ट्रल अमेरिकी मुलुक पनामा एसियाली मुलुकको तर्फबाट कार्यपत्र प्रस्तुत गर्न जादा एयरपोर्टबाटै फर्काईएको थियो । नागोया प्रोटोकल, आदिबासी सम्बन्धी अधिकार, चरिचरण, भुमी प्राकृतिक स्रोत साधनमाथि आदिबासिको पहिलो अधिकार भन्नेमा वहाँको २००५ देखी २०१० सम्मको कार्यक्रमाहरुमा राम्रो भूमिका खेल्नु भएको थियो भने जैबिक बिबिधता सम्बन्धी महासन्धि, विश्व बौद्धिग सम्पत्ति संघ ९विपो०, आदिबासी सम्बन्धी संयुत्त राष्ट्र संघको घोषणापत्रका बिभिन्न बैठकमा सहभागि जनाउनको साथै मुलुकको बिभिन्न भुभागमा तालिम र गोष्टिहरु गर्नु भएको थियो । साथै बन्यजन्तु आरक्ष र अन्य संयन्त्रले दुस्ख दिएको बारेमा अन्तराष्ट्रिय मञ्चहरुमा आवाज बुलन्द गर्नु भएको छ ।
समाजसेवामा रुचि

बाल्यकालदेखी समाजअसेवामा बिशेष रुचि राख्ने शेर्पा बिद्यार्थीकालमा नै समाजसेवामा होमिएका थिए यसर्थ पिके युथ क्लब, न्युयोर्कमा सबैभन्दा नेपालीहरुको ठुलो संस्था युनाईटेढ शेर्पा एसोशियसनका संस्थापक सदस्य, नेपाल शेर्पा विद्यार्थी मञ्चका संस्थापक सह सचिव, धार्मिक संस्थामा मिण्ड्रोल च्याङ्छुप छोलिङका संस्थापक महासचिव, बिभिन्न संस्थाका सल्लहकारको रुपमा हुनको साथै जैबिक बिबिधता सम्बन्धी महासन्धिका फोकल पर्सनको रुपमा कार्य सफलता, साटोयामा ईनिसियटिभका साटोयामी, को सल्लाहकार समितिको रुपमा कार्य सम्पादन गरिएको अनुभव छ ।

वहाँको मान्यता

संस्थाको नेत्रित्व कसैको टिका बक्सिस वा बिर्ताको रुपमा गोजिबाट दिएर भन्दा पनि कार्य क्षेत्रमा खरो र दह्रो रुपमा उभिनु पर्छ भन्ने मान्यता राख्नु हुन्छ शेर्पा, वहाँकै युवा समर्थकहरु सिण्डिकेट तोडेरै छाडनुपर्छ भन्छन भने नेत्रित्व सधैं एकै क्षेत्रमा गुजुल्टिएर राख्ने होईन सबैतिर जाओस भन्ने चाहान्छन ताकि सबैले आफ्ना योग्यता क्षमता र कार्यकुशलता देखाउने मौका पाउन । प्रया सबै ठाउमा संगठन कार्यकुशलतापुर्बक निभाएको र समुदायको हक हित र अधिकारको लागि सदैव अग्र पङ्तिमा रहेर काम गरेकोले आगामी महाधिवेशनमा वहाँकै पल्लाभरी हुनेमा शेर्पा समुदाय ढुक्क छन ।


प्रतिक्रिया दिनुहोस्