ल्हाक्पा शेर्पाद्वारा ‌छैठौं शेर्पासंघ अध्यक्षको लागी उम्मेदवारी घोषणा

काठमाडौं १ पुस / छैठौं शेर्पासंघ अध्यक्षको लागी ल्हाक्पा शेर्पाले उम्मेदवारीको घोषणा गरेका छन् । पहिचान तथा परिवर्तनशील समूहको नेतृत्व गर्दै ल्हाक्पा शेर्पाद्वारा नेपाल शेर्पा संघकोमहाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेको हो ।

‌छैठौं महाधिवेशनका लागि शेर्पाको नेतृत्वको समूह बाट घोषण गरेको हो ।
‌हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका निवर्तमान अध्यक्ष र शेर्पा प्रदेश आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका शेर्पा यसअघि सोलुखुम्बुबाट समाजवादी पार्टिबाट प्रत्यक्ष निर्वाचनमा समेत सामेल भएका थिए ।


‌शेर्पा समुदायको अधिकार, पहिचान स्थापनामा भएको आन्दोलनमा अग्रणी भूमिकामा देखिएका शेर्पा युवाहरु माझ लोकप्रिय छन् ।
‌शेर्पा संघको संशोधित विधानमा पहिचान, सभ्यता, ईतिहांस र धर्म निरपेक्ष जस्ता आधारभूत बिषय छुटाएको भन्दै कडा टिप्पणी गर्दै आएका शेर्पा अन्ततः आफै संघको नेतृत्वको लागि तयार भएका हुन ।

‌संघलाई समयसापेक्ष र समुदायमा नमुना र शेर्पा समुदायको नेतृत्वदायि राजनैतिक अधिकार प्राप्त गर्ने थलोको रुपमा विकास गर्न आफूले उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्