ताप्लेजुङ्ग समाज नेपालको प्रथम अधिवेशन तथा स्थापना दिवस पुस १९ मा हुने

काठमाडौं ११ पुष । ताप्लेजुङ्ग समाज नेपालको प्रथम अधिवेशन, बार्षिक साधारण सभा तथा स्थापना दिवश पौष १९ गते हुने भएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी सातौं पूर्ण बैठक सम्पन्न भएसँगै प्रथम अधिवेशनको आह्वान गरिएको हो ।

समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाम्फेको अध्यक्ष्यतामा पूर्व मन्त्रि मणि लामा ,पूर्व संसद तिल कुमार मेन्याङबो ,डम्बरध्वज तुम्बाहाम्फे ,पूर्व सभासद पासाङ्ग शेर्पा ,प्रदेश १ संसदीय दलका उपनेता टंक आङबोहाङ लगायतको उपस्थितिमा केन्द्रीय समितिको पूर्ण बैठक बसेको थियो ।

उक्त बैठकले अधिवेशन आह्वानसँगै स्थापना दिवश पनि भव्यताका साथ मनाउने जानकारी दिदै सम्पूर्ण ताप्लेजुङबासीलाई उपस्थितिका लागि दैनिक पत्रपत्रिका र सामाजिक संजालबाट निम्तो पठाइसकिएको साथै कार्यक्रमलाई ब्यवस्थित बनाउन बिभिन्न उपसमितीहरु गठन गरिएको समाजका महासचिब अग्नि पौडेलले बताए ।

विभिन्न पेशा व्यबसाय गर्दै काठमाडौंमा बसोबास गरिरहेका ताप्लेजुङ्गबासिहरुको एकता, सद्भभाव, र सहयोगका लागि भन्दै ताप्लेजुङ्ग समाज नेपालको गठन भएको थियो । समाज नेपालले कुम्भकर्ण आपतकालिन कोष स्थापना, पाथीभरा शैक्षिक अक्षय कोष, कञ्चनजङ्घा लगानी कोष लगायत महत्वपूर्ण कार्यहरु आफ्नो क्षेत्रका लागि गर्दै आइरहेको छ ।

ताप्लेजुङ्गवासीहरुको उत्साहको दिन भएकाले सम्पूर्ण ताप्लेजुङ्गवासीलाई स्थापना दिवशमा सरिक हुन पनि समाजले आव्वान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्